• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आउने कुरा पक्का

काठमाण्डौ – नयाँ लगानीकर्ताको ओइरो संगै प्राथमिक शेयरमा सबैको चासो हुने गरेको छ । यसै बीच सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासनको लागि संस्थाले साधारण सभा बाट प्रस्ताव पास गरेको छ ।

प्रस्ताव पास भए संगै अब बोडमा अनुमति माग गर्न संस्थालाई बाटो खुलेको छ ।

कम्पनीको सभा कोरोना भाइरसको महामारीको जोखिमलाई ध्यान दिएर भर्चुअल माध्यमबाट कम्पनीको प्रधान कार्यालय कमलादीमा सम्पन्न भएको हो ।

केयर रेटिङ नेपाल(इक्रा)ले कम्पनीको आईपीओलाई ‘केयर एनपी ट्रिपल बी मानस’ रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया