काठमाडौं । लोकप्रिय सर्जक तथा गायक बद्री सापकोटाको नयाँ गीत ‘ढोगदिया’ लै भर्खर सार्वजनिक भएको छ र छोटो समयमै निकै चर्चित बन्न सफल भएको छ।
सामाजिक सञ्जालमा यो गीतले उल्लेखनीय चर्चा पाएको छ। गीतमा बद्री सापकोटा र शान्ता रानी परियारको स्वर रहेको छ। लय तथा शब्द सिर्जनामा पनि बद्री सापकोटाको योगदान छ।
विशाल घिमिरेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा प्रभातपल ढकुरी र सञ्चिता बोलाखेको आकर्षक अभिनय हेर्न सकिन्छ।