प्रि ओपनिङ सेसनमा ७ अङ्कले बढ्यो नेप्से,कारोबार रकम दश करोडमाथि

काठमाण्डौं – साताको अन्तिम दिन बिहीबार नेप्से प्रि ओपनिङ सेसनमा करिब ७ अंकले बढेको छ ।

बिहीबार ५५ अंकले बढेर बजार बन्द भएको मा आज पनि बजार माथि जाने संकेत देखिएको छ ।

८१ कम्पनीको १० करोड भन्दा धेरैको कारोबार हुँदा ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै २१ कम्पनिको शेयर मूल्य यथावत रहेको छ ।

आज यो सेसनमा छिमेकी लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया