• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

पुनर्बीमा कम्पनीको शेयरले फेरि सोझा लगानीकर्ता फसाउँदै छ ? किन बढ्यो एक्कासी मूल्य

काठमाण्डौ – पछिल्लो केही दिन नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागेको छ । सामान्य भन्दा बढी शेयर मूल्यमा वृद्धि भएपछि फेरि नयाँ लगानीकर्ता फसाउन लागिएको चर्चा हुन थालेको छ ।

यो हप्ता सबैभन्दा धेरै कारोबार हुनेको सूचीमा समेत यो कम्पनी अग्रपंतिमा रहेको छ । कारोबार भएका अधिकांस दिनमा यही कम्पनीको शेयर धेरै कारोबार हुने गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने हल्ला चलाएर केहीले चलखेल गरेको सहजै अनुमान लगाउन सकिन्छ ।

आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले वित्तीय अवस्था हेरेर र सञ्चालक समितिको निर्णयअनुसार लाभांश बाँड्ने वा नबाँड्ने तय हुने कम्पनीले प्रस्ट पारिसकेको छ । यदि लाभांशसम्बन्धी प्रस्ताव सञ्चालक समितिबाट पास भयो भने पनि नियामक बीमा समिति तथा नेपाल धितोपत्र बोर्डबाट अहिले नै कम्पनीको वित्तीय अवस्थाले बजारमा चर्चा चलेजस्तो हकप्रद तथा बोनस दिन नसक्ने जानकारहरु बताउँछन् ।

गत आर्थिक वर्षको आम्दानी जगेडा कोषमा राख्नु पर्ने भएका कारण कुनै बोनस नदिने कम्पनीले यस अघिनै जानकारी दिइसकेको छ । आउँदो आर्थिक वर्षमा सञ्चालक समितिको निर्णयबाट कमाईबाट यस्तो घोषणा हुन सक्छ तर अहिलेनै त्यसको जानकारी कसरी हुन्छ ?

सोझा लगानीकर्ता फसाउन केहीले यस्तो चाल रचेको केही लगानीकर्तालाई आशंका छ । साथै आत्तिएर कुनै निर्णय नलिन समेत सुझाब छ ।

प्रतिक्रिया