काठमाडौं–शेयर बजारमा जलविद्युत् कम्पनीको उछाल आइरहेका बेला हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
शेयर निष्कासनका लागि कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको छ । अनुमति पाए पछि आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ ।
हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ ।
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।