काठमाण्डौ – केही समय पहिलाको अवस्था यस्तो थियो कि नेपाली शेयर बजारलाई बाहिरी वातावरणले अत्यन्तै प्रभाव पार्ने गर्थ्यो ।
शेयर बजारलाई अत्यन्तै प्रभाव पार्ने मा राष्ट्र बैंकले सार्बजनिक गर्ने नीति नियम थिए भने राजनीतिक वातावरणले पनि प्रभाव परेकै हुन्थ्यो ।
तर अवस्था अहिले फेरिएको छ । बाहिरी कुनैपनि हल्चलले शेयर बजारलाई कुनै प्रभाव पार्न छोडेको छ । शेयर बजार आफ्नो लयमा निरन्तर उकालो लागिरहेको छ ।
सबै क्षेत्र ठप्प भइरहेको बेला चलायमान बनेको शेयर बजारले एक पछि अर्को किर्तिमानी बनाउँदै गइरहेको छ । आईतबार मात्र अहिले सम्मकै उच्च बिन्दुमा पाइएको छ । धेरैले शेयर बजार अब ३ हजारको बिन्दुमा पुग्ने अनुमान गरेका छन् ।
यति मात्र हैन आईतबार अहिले सम्मकै सबैभन्दा धेरै १७ अर्ब माथिको शेयर कारोबार भयो । यो कुनै क्षेत्रमा भएको एकै दिनको कारोबार अहिले सम्मकै कृतिमानि हो ।
शनिबार अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका थिए । शेयर बजारलाई खासै कुनै सम्बोधन नगरेको बजेटले शेयर बजारलाई कस्तो असर पर्ला भन्ने धेरैको अनुमान थियो तर यसले लगानीकर्ताको मनोवल कुनै असर गरेन ।
राजनीतिक प्रभाव पचाएको शेयर बजारले अब धेरै नयाँ लगानीकर्ताको साथ पाएको छ भने अन्य क्षेत्र ठप्प भएका कारण शेयर बजार चलायमान हुनु अर्थतन्त्रको लागि पनि अत्यन्तै सुखद विषय हो ।