काठमाडौँ । लोकप्रिय गायक राजन कार्कीको नयाँ ‘रोइला’ गीत अडियोमै हिट भएको छ। गीत सार्वजनिक भएको छोटो समयमा नै अत्यधिक टिकटक भिडियो बन्नुका साथै राम्रो प्रतिक्रिया पाइरहेको गायक कार्कीले बताए।
निरन्तर उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गरिरहने सर्जक कार्कीले यसअघि पनि धेरै हिट गीतहरू सार्वजनिक गरिसकेका छन्। उनको पछिल्लो गीतमा पशुपति शर्मा, राजन कार्की, अस्मिता डल्लाकोटी र टिका सानुका आवाज रहेका छन्। गीतको लय तथा शब्द स्वतः कार्कीले नै सिर्जना गरेका हुन्।
समय–परिस्थितिका कारण भिडियो बनाउन नसकिएको बताउँदै कार्कीले गीतको अडियोलाई नै दर्शक–श्रोतातर्फबाट अत्यधिक माया पाइरहेको बताए।