ओलीलाई तत्काल रिहा नगर्ने सर्वोच्चको आदेश, सरकारसँग कारण माग

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई बन्दी प्रत्यक्षीकरणको निवेदनमा तत्काल रिहा नगर्ने निर्णय सर्वोच्च अदालतले गरेको छ। अदालतले रिहाइ आदेश दिन अस्वीकार गर्दै सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेल को एकल इजलासले उक्त आदेश दिएको हो। ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्य ले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

अदालतले तत्काल रिहा नगर्ने निर्णय गरेसँगै ओलीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई बाटो खुलेको छ। यसअघि पनि पूर्वगृहमन्त्री रमेश लेखक सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले यस्तै ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो।

प्रतिक्रिया