काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभामा रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन तोकेको हो।
यसअघि आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरेको थियो। त्यसपछि मङ्गलबार कुनै दाबी–विरोध परे नपरेको यकिन गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सकिनेछ।
पुस २४ गतेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न पाइनेछ भने पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्ने व्यवस्था मिलाइएको छ। त्यही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
निर्धारित कार्यक्रम अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका १८ सदस्य पदमुक्त हुने भएकाले नया̂ं सदस्य चयन गर्न निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
राष्ट्रिय जनगणना–२०७८ को आधारमा मतदाता तथा मतभार निर्धारण भएको छ। यस निर्वाचनमा प्रदेशसभा सदस्यहरूका साथै स्थानीय तहका प्रमुख, उपप्रमुख,ाध्यक्ष र उपाध्यक्ष मतदाता रहनेछन्।