युवा सर्जक तथा गायक सुर्य खड्काको नयाँ तीज गीत "खाने हो पिउने हो" चर्चामा

काठमाडौँ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज आउन अब एक महिना मात्र बाँकी छ। यो अवसरमा यो वर्ष ३ सय भन्दा धेरै तीजका गीतहरू सार्वजनिक भएका छन्। यी गीतहरू मध्ये केहीले चर्को आलोचना खेपिरहेका छन् भने केहीले दर्शक स्रोताको मन जित्न सफल भइरहेका छन्।

यो वर्ष तीज गीत सार्वजनिक गर्ने कलाकारहरू मध्ये सुर्य खड्का अग्रस्थानमा छन्। उनका आधा दर्जन भन्दा धेरै तीजका गीतहरू पहिले नै सार्वजनिक भइसकेका छन्, भने केही सार्वजनिक हुने क्रममा छन्। यस्तैमा, भर्खर मात्र सार्वजनिक भएको उनको नयाँ तीज गीत "खाने हो पिउने हो" चर्चामा रहेको छ।

जीवन भोगाइलाई विषय बनाइएको यस गीतको अडियो र भिडियो दुवैमा निर्माण युनिटले निकै मेहनत गरेका छन्। सुर्य खड्का र आशा विसीको आवाजमा रहेको यो गीतलाई रविन लामिछानेले लेखेका हुन् भने गीतको लय गायक खड्काले नै तयार पारेका छन्। विनोद बाजुरालीको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियो जिवन कुमार ज्ञवालीले निर्देशन गरेका छन्। भिडियोमा जीवन कुमार ज्ञवाली र बचन विश्वकर्माले अभिनय गरेका छन्।

 

प्रतिक्रिया