काठमाण्डौ – नेपाली शेयर बजारमा आक्रमक कारोबार भइरहेको छ ।
बिहीबार कारोबार सुरु भएको १५ मिनेटमै १ अर्वमाथिको कारोबार भएको छ ।
राष्ट्र बैंकले मङ्गलबार नयाँ मौद्रिक नीति मार्फत लघुवित्तको शेयर छोटो समयको लागि खरिद गर्न बन्देज लगाएपछि त्यसको असर आज बजारमा देखिएको छ ।
आज प्राय कारोबार भएका लघुवित्त र वित्तीय संस्थाको शेयर मूल्य घटेको छ । यसैकारणले नेप्सेको दबाब महसुस गरिरहेको छ भने दोहोरो अंकले नेप्से घटेको छ ।
यस्तै आज जलविद्युत कम्पनीका अधिकांस शेयर मूल्य बढेको छ ।