काठमाण्डौ – केही महिनामै नेपाली जनतालाई रेलको सफर गराउने भनी तामझामका साथ भित्राएको रेल अलपत्र परेको छ ।
आज भन्दा आठ महिना पहिला भव्य समारोह बीच नेपाल भित्राएको रेलको अझ सम्म पनि त्रिपाल खोल्न सकिएको छैन । रेल सञ्चालन गर्न सरकारसँग नयोजना छ नकर्मचारी नै पर्याप्त छन् ।
पटक–पटक समय तोक्दै आए पनि जनशक्तिदेखि कानुन अभावलगायत कारण रेल सञ्चालन हुन सकिरहेको छैन ।
बिना योजना सस्तो लोकप्रियताको लागि काम गरेका कारण यो अवस्था आएको जानकारहरु बताउँछन् ।
करोडौं पर्ने सरकारी सम्पनी अहिले पाल भित्र थन्किएको छ र अझै धेरै समय थन्किने निश्चित छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।