आईतबार नेप्सेमा सामान्य सुधार,कारोबार रकम भने घट्यो

काठमाडौं - साताको पहिलो दिन नेप्सेमा तिब्र उतार चढाव आएको छ । निरन्तर कारोबार रकम र नेप्से घटिरहेको अवस्थामा आज भने नेप्सेमा सामान्य सुधार आएको छ तर कारोबार रकम भने घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २०९६.०८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार ८ उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.१२ प्रतिशत, विकास बैंक समूहको ०.३२ प्रतिशत, फाइनान्स समूहको १.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७४ प्रतिशत, हाइड्रोपावर समूहको ०.२९ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.४२ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया