काठमाडौं–आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर गर्न बीमा समितिले स्वीकृत दिएको छ । बीमा समितिबाट पनि अनुमति पाए सँगै कम्पनीले अव नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर बोर्डबाट स्वीकृत पाए पछि निष्कासन गर्नेछ ।
कम्पनीले २३ औ वार्षिक साधारणसभा प्रस्तावित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १०० कित्ता बराबर ४० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यहि पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । मंगलबार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १४१६ रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन गर्ने सूचनाले कम्पनीको शेयर मूल्य दोस्रो बजारमा लगातार बढिरहेको छ ।