☰

अनुदानमा आएको सिलिन्डरमा आफ्नो फोटो टाँसे पछि वन मन्त्रीको चर्को आलोचना

काठमाण्डौ – चीन सरकारले अनुदानमा दिएको अक्सीजन सिलिण्डरमा आफ्नो तस्बिर छापेर वितरण गरेपछि वन मन्त्री प्रेम बहादुर आलेको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनको सो कामको चौतर्फी आलोचना भइरहेको छ । आलेले अनुदानको सिलिन्डरमा आफ्नो तस्विरसहित मन्त्रीको व्यतिगत गर्छ भनेर उल्लेख गरिएको छ । मन्त्री यस अघि पनि विवादमा आइरहने मन्त्रीमा पर्दछन् ।

राजनीतिक गर्ने मान्छे प्रचारमा कति लालायित हुन्छन् भन्ने पछिल्लो घटनाले देखाएको छ । सस्तो लोकप्रियताका लागि मन्त्रीले आफ्नो फोटो टाँसेर बाँडेको भन्दै चर्को आलोचना भएको छ ।

चीनले अनुदानमा दिएका अक्सिज सिलिण्डरमा आफ्नो फोटो टासेर मन्त्री आलेले डोटी अस्पताललाई वितरण गरेका हुन्। सोमबार स्वास्थ्य सामाग्री लिएर अस्पताल पुगेका उनले सिलिन्डरदेखि औषधिका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन्।

उनले आफू निर्वाचित भएको जिल्ला डोटीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत सामाग्री लगेको उनको सचिवालयले जनाएको छ।

केहि स्वास्थ्य सामाग्री आफैले किनेपनि निला अक्सिजनका सिलिन्डर केहीदिन अघि चीन सरकारले नेपाललाई अनुदानमा दिएको सामाग्री हो ।
वैशाख २१ गते २० हजार अक्सिजनको खाली सिलिन्डर चीनबाट नेपाल आएको थियो। सोही सिलिन्डरमा अक्सिजन भरेर आफ्नो तस्बिर टासेर मन्त्री आलेले वितरण गरेको खुलेको छ ।

यद्धपी आलेको सचिवालयले भने उनले आफ्नै खर्चले किनेको दाबी गरेको छ । स्रोतका अनुसार मन्त्री आलेले आफ्नो खर्चले किनेको नभइ शक्तिको दुरुपयोग गरेर सिलिन्डर लिएको र त्यसमा अक्सिजन भरेर वितरण गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय