तीव्र उतारचढाव बीच नेप्सेमा गिरावट, ८८ कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं - मंगलबारको आक्रामक सुधार पछि बुधबार नेप्सेमा सामान्य गिरावट आएको छ । 

आज नेप्से परिसूचक ७ अंकले घटेर समग्र बजार २१७० बिन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनक नै छ आज ३ अर्ब ६९ करोडको शेयर किनबेच भएको छ । 

आज दिनभरि बजार निकै उतारचढाव भएको थियो । यसबीच कारोबार भएका कम्पनीहरु मध्य ८८ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । 

मंगलबार आक्रामक उछाल आएसँगै नाफा सुरक्षीत गर्न खोज्दा नेप्सेमा गिरावट आएको कतिको बुझाइ छ । 

प्रतिक्रिया