• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

उदयपुर सिमेन्टको पनि आईपीओ आउने

काठमाडौं–निजी क्षेत्रको लगानी रेहका कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिरहेका बेला सरकारी स्वामितवको उदयपुर सिमेन्टले पनि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

चार अर्ब रुपैयाँ पुँजी रहेको उदयपुरले आईपीओ मार्फत १० अर्ब पुँजी पु¥याउने तयारी गरेको छ । पुँजी वृद्धिको प्रस्ताव जेठ ३० मा गर्न साधारणसभामा प्रस्ताव लैजाँदैछ । यस उद्योगमा शतप्रतिशत सरकारको लगानी छ ।

पछिल्ला केही वर्षयता निजी क्षेत्रका सिमेन्ट उद्योगहरुले पनि आईपीओ निष्कासन गरेका छन् । कतिपयले लगानी गरेर क्षमता बढाइरहेका छन् । उदयपुरको गैंडा र उदयपुर ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नका लागि क्षमता बढाउनु आवश्यक भएको उदयपुरका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले बताए । लगानी जुटाउन सरकारले पैसा नहाले पछि पुँजी जुटाउने उपायका रुपमा आईपीओ निष्कासन गर्ने योजना बनाएको हो । सर्वसाधारणमा आईपीओ जारी गरेर उद्योगको पुँजी वृद्धि गर्नु नै आफूले देखेको उनले बताए ।
उद्योग प्रभावित उदयपुर जिल्लाबासीका साथै संस्थानका कर्मचारीहरुका लागि केही हिस्सा छुट्याएर बाँकी रकम सर्वसाधारणमा सेयर जारीबाट जुटाउँदा यसको संचालन पनि चुस्त हुने र क्षमता तथा व्यापार विस्तारबाट निजी क्षेत्रका अन्य कम्पनीहरुसँग प्रतिस्पर्धा पनि गर्न सकिने उद्योगले जनाएको छ । सर्वसाधारणमा सेयर जारीका लागि हाल यस उद्योगको शतप्रतिशत स्वामित्व रहेको सरकारले निर्णय गरेर अनुमति दिनुपर्ने हुन्छ । सेयर जारी गर्न उद्योगको हाल रहेको ऋणात्मक नेटवर्थ पनि सकारात्मक बन्नुपर्नेछ ।

प्रतिक्रिया