काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक झिनो ४.९८ अंकले वृद्धि गर्दै २७५३.७६ विन्दुमा बन्द भएको छ।
दिनभरिमा ११ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुँदा १ लाख १३ हजार २५२ पटक कारोबार भएको छ।
१४५ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ९२ कम्पनीको मूल्य घटेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ। पाँच कम्पनीले सकारात्मक सर्किट ब्रेकर भोगेका छन् भने दुई कम्पनीले नकारात्मक सर्किट ब्रेकर भोगेका छन्।
१३ वटा समूहमध्ये ९ समूहको सूचकमा वृद्धि भएको छ। होटल तथा पर्यटन समूहमा २.२१ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ, जसले सूचकलाई ७०७२.०६ विन्दुमा पुर्याएको छ।
यस्तै, लघुवित्त समूह १.२८ प्रतिशतले, हाइड्रोपावर ०.८५ प्रतिशतले, विकास बैंक ०.६२ प्रतिशतले र अन्य केही समूहले सामान्य वृद्धि गरेका छन्।
तर, फाइनान्स समूह १.६३ प्रतिशतले घटेर ३७००.३१ विन्दुमा पुगेको छ। साथै, उत्पादन तथा प्रशोधन, जीवन बीमा र निजी जीवन बीमा समूह पनि घटेका छन्।