काठमाण्डौ – कोरोना महामारीका बेला सरकार लाचार बनिरहेको बेला विभिन्न संघसस्था र समाज सेवीहरुले निशुल्क सेवा गरिरहेका छन् ।
महावीर पुन,भीम उपाध्याय,ज्ञानेन्द्र शाही लगाएतका रातदिन नभनी जनताको सेवा गरिरहेका छन् । यसरीनै सेवा गर्नको अर्को नाम हो रवि लामिछाने ।
उनलाई धेरै नेपालीले चिन्छन् । टेलिभिजनकर्मी लामिछाने पनि यो बेला कोरोना महामारीमा उपचार नपाएकाहरुलाई सेवा दिन लागिपरेका छन् ।
त्यसको लागि उनले बन्द भएको जनमैत्री अस्पताललाई सञ्चालनमा ल्याएर निशुल्क उपचार गरेको दाबी रवि समूहको थियो । तर हिजो दिनभरी भने सोही अस्पतालले बिरामीबाट चर्को शुल्क लिएको खबरले दिन भरी माहोल तात्यो ।
जनमैत्री अस्पतालले चर्को शुल्क लिएको आरोप लागेको छ । अस्पतालले विरामीसँग एक लाख रुपैयाँ शुल्क लिएको आरोप लागेको छ । एक लाख रुपैयाँको बिल सामाजिक सञ्जालमा भेटिएको छ । अस्पतालले यस विषयमा केही खण्डन गरेको छैन । केहीले भने रवी लामछिानेको सामाजिक काममा बाधा पुराउन तथा बदनाम गर्न यस्तो गरेको बताएका छन् ।
लामिछानेको टिमले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । चर्को शुल्क लिएको विषयमा सम्बन्धित निकायले छानबिन पक्कै पनि गर्नेछ ।