व्याजदरमा राष्ट्र बैंकको लगाम, बैंकले व्याजदर संशोधन गर्न थाले


काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाए नेपाल राष्ट्र बैंकले लगाम लगाएको छ । असोजको पहिलो साता बैंकहरुले व्याजदर बढाए पछि राष्ट्र बैंकले व्याजदर संशोधन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा रोक्न निर्देशन दिएको थियो ।


राष्ट्र बैंकले यसअघि नै निक्षेपको ब्याजदर अधिकतम ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने व्यवस्था गरेको थियो । तर कतिपय बैंकहरुले साधारण बचत र मुद्दति निक्षेपको ब्याजदर नै ५ प्रतिशतभन्दा धेरैले फरक हुनेगरी सूचना निकालेका थिए । सो पश्चात केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका सिइओहरुलाई ब्याजदर घटाउन निर्देशन दिएको हो ।


राष्ट्र बैंकको निर्देशनपछि बुधबार केहि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संशोधन गरेर नयाँ सूचना निकाल्न थालेका छन् । 
बुधबार सिटिजन्स बैंकले असोज ४ गते प्रकाशित गरेको दशै तिहार मुद्दति निक्षेप योजना स्थगित गरिएको भन्दै नयाँ सूचना निकालेको छ ।

त्यस्तै मञ्जुश्रीफाइनान्सले पनि भदौ ३१ गते सार्वजानिक गरेको पुरानै ब्याजदर लागु गर्ने जनाएको छ। उसले असोज ४ गते नयाँ ब्याजदर सम्बन्धी सूचना सार्वजनिक गरेको थियो। तर उसले उक्त सूचना भुलबस सार्वजानिक भएको भन्दै पुरानै ब्याजदर लागु हुने प्रस्ट पारेको छ।


यसैगरी, प्रोग्रेसिभ फाइनान्सले पनि भदौ ३१ गते र असोज १ गते दुई वटा ब्याजदर सम्बन्धी सूचना जारी गरेको थियो। तर फाइनान्सले बुधबार एक सूचना जारी गर्दै पुरानै ब्याजदर लागु हुने जनाएको छ। यसैगरी, गरीमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले पनि ब्याजदर संशोधन गरेका छन्।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय