काठमाडौंं - शेयर बजारमा पहिरो जान रोकिएको छैन । अघिल्लो साताको एक दिन निकै माथि उचालिएको शेयर बजार त्यस यता फेरी निरन्तर पहिरो गइरहेको छ ।
नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३३.९७ अकंले घटेर १८७६.४१ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) १४.१० अकंले घटेर १९१०.३८ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीले २९ लाख १६ हजार २७१ कित्ता शेयर किनबेच हुदाँ ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से ओरालो लाग्दा लक्ष्मी बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । बैंकको आज २१ करोड ३८ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्ते, प्रभु बैंकको संस्थापक शेयरको १९ करोड ५८ लाख ४५ हजार रुपैयाँ, नेपाल टेलिकमको ५ करोड ३४ लाख ९७ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४५ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ ।