• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रभु सेलेक्ट फण्ड – पहिलो दिन नै बिक्यो आधा भन्दा धेरै

काठमाण्डौ – अाजबाट निष्कासन भएको प्रभु सेलेक्ट फण्डमा पहिलो दिनमै ५६.१४ प्रतिशत इकाइ खरिदका लागि आवेदन परेको छ।

प्रभु क्यापिटल लिमिटेडअन्तर्गत सञ्चालित हुने रु. १० अंकित दरमा १ अर्ब रुपैयाँबाराबरको १० करोड इकाइ आज जेठ ५ गतेबाट बिक्री खुला गरिएको छ। आज पहिलो दिन नै १७ हजार ९७२ जना सर्वसाधारण लगानीकर्ताबाट ४१ करोड १४ लाख ८३ हजार ७०० रकमबराबरको ४ करोड ११ लाख ४८ हजार ३७० इकाई खरिदका लागि आवेदन परेको प्रभु क्यापिटलले जनाएको छ।

यो फन्डका १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाइ सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको छ। यो फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

इकाइ खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ।

प्रतिक्रिया