काठमाण्डौँ। लोकप्रिय सर्जक तथा गायक सागर विरहीको मर्मस्पर्शी शब्द र संगीतमा तयार भएको नयाँ गीत ‘एक्लै रुने मै त होलानी’ सार्वजनिक भएको छ। एकोहोरो प्रेममा धोका खाने पात्रको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको छ।
बहुप्रतिभाका धनी सागरले यस गीतमा शब्द, लय र स्वर दिएका छन् भने भावनात्मक अभिनयसमेत गरेका छन्। गीतमा उनीसँगै जुना गुरुङ र देवा मगरको अभिनय रहेको छ। गीतको निर्देशनसमेत सागरले आफैं गरेका हुन्।
दुई दशकभन्दा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय सागर विरहीले हजारौं गीतमा स्वर दिएका छन्। साथै, उनले थुप्रै गीतमा संगीत संयोजनसमेत गरेका छन्।