काठमाण्डौ – राधी जलविद्युत कम्पनीले आफ्ना शेयर धनिका लागि लाभांस घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षसम्म नाफाबाट कर बाहेक ३६.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बोनस पछि ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ ।