काठमाडौं – दशैँपछि पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले वृद्धि भएर २६९९.६६ विन्दुमा पुगेको छ। कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो।
कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह मात्र १५.६४ अंकले घटेको देखियो। फाइनान्स उपसमूह १४९.६१ अंकले, जीवन बीमा १३०.३८ अंकले, र निर्जीवन बीमा ६६.३४ अंकले वृद्धि भए।
आज जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको थियो।