काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागद्वारा रिलायन्स स्पिनिङ मिल्सको क्ष्एइ सम्बन्धी फर्जी कागजातको अनुसन्धान प्रक्रिया रोकिएको छ। धितोपत्र बोर्डले रिलायन्सको कागजातमा कुनै कैफियत नभएको प्रतिवेदन दिएपछि, ऋक्ष्द्य ले जाहेरी तामेलीमा राख्दै अनुसन्धान स्थगित गरेको हो।
रिलायन्सले ‘बुक बिल्डिङ’ विधिमार्फत आइपिओ जारी गर्न सात महिनाअघि सेवोनमा कागजात पेस गरेको थियो। प्रारम्भिक अनुसन्धानमा, बोर्डले रिलायन्सको आर्थिक विवरणमा कुनै समस्या नदेखिएको भनेपछि, सिआइवीले अनुसन्धानलाई रोक्ने निर्णय गरेको छ। यस घटनाले बोर्डकै प्रारम्भिक अनुसन्धान प्रक्रियामाथि शंका उठाएको छ।
संसद्को सार्वजनिक लेखा समितिले पनि यस घटनामा चासो राख्दै स्पष्टीकरण माग गरेको छ, जबकि मुद्दा अदालतमा विचाराधीन छ। आजको नयाँ पत्रिका देनिकबाट