• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

नेपाली पीडामा परदेशीको मलम – आफ्नो गास काटेर सहयोग,५६० सिलिण्डर नेपाल आयो

काठमाण्डौ – कोरोना महामारीले नेपाल अहिले थला परिरहेको छ । त्यसपछि हाम्रो स्वास्थ्य क्षेत्र त झन् कोल्याप्स नै जस्तो देखिएको छ ।

बिरामीको लागि नभई नहुने अक्सिजिन समेत व्यवस्था गर्न नसक्दा दैनिक नेपालीहरुको ज्यान जान थालेपछि यो घटनाले विदेशमा रहेका नेपालीको मन् कटक्क खायो ।

आफ्नो देशका जनतालाई पीडा पर्दा कस्को मन् रुन्न र आखिर ? विभिन्न खाडी मुलुकमा बस्ने नेपालीहरुलाई पनि यो घटनाले मन् छोयो । त्यसपछि अक्सिजिन् सिलिण्डर पठाउने निधो गरे । एनआरएनको समन्वयमा त्यहाँका नेपालीबाट संकलित सहयोगले ५ सय ६० सिलिण्डर खरिद गरेर नेपाल पठाइसकेका छन् । शनिबार सो सहयोग प्राप्त भइसकेको छ ।

त्यहाँका धेरै नेपालीले आफ्नो एक दिन बराबरको तलब काटेर सहयोग गरेका थिए । नेपालमा हाम्रो परिवारलाई पीडा पर्दा हाम्लाई कसरी निद लाग्छ र ? त्यही भएर सहयोग गर्न मन् लागेको हो । एक नेपालीले भने ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत ती अक्सिजन सिलिन्डर नेपाल पठाइएको गैरआवासीय नेपाली संघले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया