तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ५० अर्ब खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि पहिलोपटक आइतबार (असार २९ गते) खुला बजार सञ्चालनमार्फत ५० अर्ब रुपैयाँ बराबरको दीर्घकालीन निक्षेप संकलन गर्दैछ।

बजारमा अत्यधिक तरलता देखिएपछि केन्द्रीय बैंकले ब्याजदर व्यवस्थापनका लागि यो कदम चालेको हो। हाल कुल निक्षेप ७१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट मात्र बोलकबोलमार्फत निक्षेप संकलन गर्नेछ। न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल ५० अर्बसम्मको निक्षेप कबोल गर्न सकिनेछ।

बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण गरिनेछ भने आजको संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८२ साउन १ गते हुनेछ।

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय प्रणालीमा दीर्घकालीन तरलता देखिएमा सोको व्यवस्थापन गर्न राष्ट्र बैंकले संरचनात्मक खुला बजार उपकरण प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ। यस्तै संरचनाको आधारमा राष्ट्र बैंकले पुनः दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्दै ५० अर्ब खिच्न लागेको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय