पाले दाइले छोटो समयमा बनायो दश लाख दर्शक,विवाद बारे के भन्छन निर्माण युनिट ?

काठमाण्डौ । लाइभ दोहोरीमा विगतदेखि आफ्नो दरो उपस्थिति जनाएको इनेपाल रोधिघरले भर्खर मात्र सार्वजनिक गरेको नयाँ गीत पाले दाइले सार्वजनिक भएको छोटो समयमै धेरै दर्शक पाउन सफल भएको छ । 

विद्यालय पोशाकमा भिडियो निर्माण र गीतको विषयलाई लिएर केही विवादका बीच गीतले दर्शकको मन जित्न सफल भएको छ । सार्वजनिक भएको २ दिनमै दैनिक दुई लाख दर्शकको रेसियोमा गीतले दश लाख दर्शक बनाइसेको छ । गीतमा करिव १८ सय मिश्रित प्रतिक्रियाहरू दर्शकले दिएका छन । 

सो गीतमा सरकारी विद्यालयको परिवेशलाई गीतले आफ्नो कथामा जोडेको छ भने यसमा माया प्रेमलाई पनि जोडिएको छ । गीतको भाका भने पुरानो चर्चित भाकाबाट ल्याइएको हो । 

बालकुमार श्रेष्ठको शब्द सिर्जना रहेको सो गीतको लय स्वर्गीय जयानन्द लामाले सिर्जना गरेका हुन । गीतमा बद्रि पंगेनी,बालकुकार श्रेष्ठ,श्याम राना,अस्मिता डल्लाकोटी,रवि कार्की,सुमन परियार,चोलेन्द्र पौडेल,सुमित्रा कोइराला,बालिका तामाङ लगायतका कलाकारहरूले आवाज दिएका छन । 

विष्णु तामाङले संगीत संयोजन गरेको गीतलाई विष्णु शर्माले निर्देशन गरेका छन । 
गीतको विवादबारे निर्माण युनिटको प्रतिक्रिया यस्तो छ 

प्रतिक्रिया