• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

६२ करोडको नयाँ आईपीओ आउनै लाग्यो,लगानीकर्ता उत्साहित

काठमाडौं—पुँजी बजारमा जलविद्युत कम्पनीहरुको शेयरमा पनि आकर्षण बढिरहेको बेला एक जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साढे ६२ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ ।

जलविद्युत् आयोजना निर्माण गरिरहेको ग्रीन भेन्चर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा स्वीकृतिको अन्तिम चरणमा रहेको छ । स्वीकृति पाउनासाथ आईपीओ निष्कासन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

जलविद्युत कम्पनी ग्रीनले ६२ करोड ५० लाख रुपैंया बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
ग्रीन भेन्चरले रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ। आयोजनाको ८० प्रतिशत बढी काम सकिएको छ ।

आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ । आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ ।
आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । जसमा नबिलको १ अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोडका दरले लगानी गरेका छन । त्यस्तै एसबिआई र सनराइज बैंकले ११ अर्ब तथा प्रभु र सानिमा बैंकको ८५ ८५ करोड रुपैयाँ ऋण लगानी छ ।

प्रतिक्रिया