काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर योगदान दिइरहेका बहुप्रतिभाशाली सर्जक तथा गायक सागर विरहीले नयाँ एकल गीत ‘निष्ठुरीको बाटो हेरेर’ सार्वजनिक गरेका छन्। माया–प्रेममा विछोडको भावलाई केन्द्रमा राखेर उनले गीत तयार पारेका हुन्।
प्रत्येक गीतमा कडा मेहनत गर्ने विरहीले यो पटक पनि उत्कृष्ट शब्द र संगीत संयोजन प्रस्तुत गरेका छन्। पछिल्लो समय एकल गीतहरू कम मात्र सार्वजनिक भइरहेका बेला यो गीतले दर्शक-श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
विरहीकै संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियो भने सामान्य रूपमा निर्माण गरिएको छ। गीतले विछोडको मर्मलाई मार्मिक ढंगले प्रस्तुत गर्दै दर्शक-श्रोतामाझ गहिरो छाप छोड्ने विश्वास गरिएको छ।