काठमाण्डौ – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सीइडीबी हाइड्रोपावरको आइपीओ शुक्रबार बिहान ११ बजे हुने भएको छ ।
सनराइज क्यापिटलले दिएको जानकारी अनुसार भोलि बिहान ११ बजे भर्चुअल माध्यमबाट शेयर बाँडफाड हुने छ ।
१५ लाख लगानीकर्ताको हात खाली
माग भन्दा करिब १२ गुणा बढी आवेदन परेको कम्पनीको शेयर १५ लाखले पाउने छैन् । पछिल्लो समय आइपिओमा धेरैको आकर्षण बढेसँगै शेयर पाउने सम्भावन न्यून बन्दै गइरहेको छ ।
सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । कम्पनीको शेयरमा १७ लाख ३६ हजार २ सय आवेदकले आवेदन दिएका थिए ।