काठमाण्डौ – साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से २८ अंकले बढेको छ ।
आज यो सेसनमा ५५ कम्पनीको आधा करोड भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य ३८ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
शिखर इन्स्योरेन्स को सबैभन्दा धेरै कारोबार हुँदा करिब २ दर्जन कम्पनीको शेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको छ ।