आफ्नो सिर्जनामार्फत जन्म घर बाग्लुङ जोड्न पाउँदा मलाई सबैभन्दा ठूलो खुसी मिल्छ - दीपक कँडेल

काठमाडौंं - जापानमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा आधा दशकभन्दा लामो समय सक्रिय रहेका दीपक कडेललेका धेरै सिर्जनाहरु सार्वजनिक गरिरहेका छन् ।

उनका हरेक सिर्जनाले कि सामाजिक कथा बोकेको हुन्छ कि त बाग्लुङको परिवेश । कँडेलले बाग्लुङको परिवेशलाई आफ्ना गीतसंगीत मार्फत उठाउन पाउँदा आफूलाई अत्यन्तै खुसी लाग्ने आर्थिक सन्देशलाई बताए । 

यसो त जापान जस्तो अत्यन्तै मेहनत गर्नुपर्ने र अधिकांश समय काममा नै ध्यान दिनुपर्ने अवस्थामा पनि दीपक कँडेलले निरन्तर सांगीतिक क्षेत्रको लागि आफ्नो समय उपलब्ध गराइरहेका छन् । 

छोटो समयमै दीपिका म्युजिक मार्फत गीतसंगीतमा लोभलाग्दो फड्को मारेका कडेलले पछिल्लो समय बाग्लुङको चैते दसैँ र यसको महत्वलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरेका थिए । 

सोही गीतको परिवेशलाई लिएर हामीले उनलाई पछिल्लो समय कमाई नहुने क्षेत्रमा जापानबाट किन यसरी लगानी गर्नुभएको छ भन्ने प्रश्न गरेका थियौं। प्रश्नको उत्तरमा दीपक भन्छन् आफ्नो गीतसंगीतको करियरमा जब बाग्लुङ परिवेश र त्यहाँको शब्द आफ्नो सांगीतिक क्षेत्रमा आउँछ त्यसले आफूलाई छुट्टै आनन्द र एक प्रकारको सन्तुष्टि प्रदान गर्ने बताउनु भयो। 

 

प्रतिक्रिया