• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सीइडीबी हाइड्रोपावरको आइपीओ यो साता बाँडफाँड नहुने,१५ लाख लगानीकर्ताको हात खाली

काठमाण्डौ – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सीइडीबी हाइड्रोपावरको आइपीओ यो साता बाँडफाड हुने सम्भावना निकै न्यून बनेको छ ।

निषेधाज्ञा ले कर्मचारी समेत कार्यालय आउने अवस्था कठिन बनेपछि काममा ढिलाइ भएको हो । सनराइज क्यापिटलले दिएको जानकारी अनुसार अहिले आवेदन भेरीफाइ गर्ने काम भइरहेको छ । कर्मचारी अभावले काम निकै ढिलो बनेको छ ।

१५ लाख लगानीकर्ताको हात खाली
माग भन्दा करिब १२ गुणा बढी आवेदन परेको कम्पनीको शेयर १५ लाखले पाउने छैन् । पछिल्लो समय आइपिओमा धेरैको आकर्षण बढेसँगै शेयर पाउने सम्भावन न्यून बन्दै गइरहेको छ ।

सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । कम्पनीको शेयरमा १७ लाख ३६ हजार २ सय आवेदकले आवेदन दिएका थिए ।

प्रतिक्रिया