लोकप्रिय गायक सागर विरही मायाको सिकार गर्न यसरी बने "सिकारी"

काठमाडौं - गायक तथा सर्जक सागर विरहीको नयाँ गीत "सिकारी दाई " भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाई गएर पारिएको सो गीतको लय,शब्द साथै आवाज समेत विरही आफैले दिएका छन् भने आवाजमा उनलाई माया मगरले साथ दिएकी छन् । 

नेपाली सांगीतिक क्षेत्रमा करिब २ दशक देखि सक्रिय विरहीले यस अघि पनि दर्जनौं चर्चित गीत सार्वजनिक गरिसकेका छन् । पछिल्लो समय उनी संगीत संयोजनमा समेत सक्रिय छन् । 

विरहीले आफैले निर्देशन गरेको गीतमा आनन्द गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ । 

 

प्रतिक्रिया