अबको हप्ता बजार बढ्ने संकेत

काठमाडौं - गएको हप्ता शेयर बजारमा लगानी गर्नेहरूको लागि दुःखद हप्ता बन्यो । यो हप्ता नेप्से पुरै रातै भएर बजार बन्द भयो । यी कारोबार दिनमा बजार मात्र हैन कारोबार रकम पनि घट्यो । 

पछिल्लो समय ठूला लगानीकर्ताको चलाखिका कारण एक सय देखि १५० अंकमा तलमाथि नेप्से घुमिरहेको छ । यस अघिका केही हप्ता नेप्से यही अंकको ओरिपरी घुमिरहेको छ । 

विगतका केही हप्तालाई हेर्दा पनि यति विन्दुमा घटेपछि नेप्से फेरि बढ्ने गरेको छ । यसरी हेर्दा आउँदो हप्ता नेप्से एक सय हाराहारीमा अंकमा बढ्ने अनुमान धेरै लगानीकर्ताको छ । 

अन्तिम कारोबार दिन बजार करिब ४ अङ्कले मात्र घटेको छ भने समग्र बजार २०८४ मा बसेको छ । केही समय बजार २१०० देखि २३०० आसपासमा बस्ने कतिको अनुमान छ । 

लामो समयपछि बजारमा सर्किट लागेको साथै कारोबार रकम पनि ९ अर्ब सम्म पुगेपछि लगानीकर्ता उत्साहित बनेका थिए । धेरै विश्वास थियो अब बजारले फेरि ३ हजारको बिंदु छुन्छ । तर अनुमान विपरीत बजारले त्यो गति किन सकेन । 

गएको पुरै महिनाको कारोबार र नेप्सेलाई नियाल्ने हो भने पनि दुई हजारको आस पासमा बजार केही समय घुम्ने धेरैको अनुमान छ । 

प्रतिक्रिया