नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम भने ५ अर्बमाथि

काठमाण्डौं - साताको पहिलो दिन आइतबार नेप्से २६.३६ अंकले घटेर २०२२.९२ को बिन्दुमा सीमित भएको छ ।

आज कुल १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँ ८५ पैसाको कारोबार भएको छ । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । कम्पनीको रु २८ करोड ५६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

त्यस्तै हाथवे इन्भेष्टमेन्टका १९ करोड ९४ लाख रुपैयाँ, माउन्टेन इनर्जी नेपाल लिमिटेडको रु १५ करोड ९० लाख, एनआरएन इनफास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड ६८ लाख र सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

आज १५९ कम्पनीको शेयर मुल्य घटेको छ भने ८१ कम्पनीको शेयर मुल्य बढेको छ ।

यस्तै, तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । मुक्तिनाथ कृषि कम्पनी ९.९९ प्रतिशत, नेपाल वेयरहायजिङ्ग कम्पनीको ९.८८ प्रतिशत साथै धौलागिरी लघुवित्त वत्तीय संस्था र सिंगटी हाइड्रो शेयर मुल्य ९.९६ प्रतिशतले बढेको छ । 

यता, मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य ६.६९ प्रतिशतले घटेको छ। 

 

प्रतिक्रिया