ओली सरकार ढल्ने निश्चित,माधव समूहका सबै सांसदको सामूहिक राजीनामा

काठमाण्डौ – बहुमत प्राप्त केपी ओली सरकार आफ्नै घर झगडाको कारणले गम्भीर संकटमा परेको छ ।

नेकपा एकीकरण पछि करिब दुई तिहाईको नजिक पुगेको यो सरकार अदालतको निर्णय संगै अल्पमतमा परेका थियो । त्यस माथि आफ्नै समूहका नेताले असहयोग गरे पछि भोलि लिने भनिएको विश्वासको मतमा ओली असफल हुने देखिएको छ ।

आफ्नो समूहलाई कारबाही गर्ने र पेलेर जाने पुरानो निर्णयबाट ब्याक नहुने भए पछि नेपाल समूहका २० सांसदले सामूहिक राजीनामा दिने गरी हस्ताक्षर संकलन गरेका छन् ।

यो कदमले ओली सरकार मात्र ढल्दैन कांग्रेसको नेतृत्व मा सरकार बनाउन समेत बाटो खुल्ने छ । यसको अर्को असर उप निर्वाचनमा समेत पर्ने छ । माओवादी छाडेर ओली तिर लागेमा गृहमन्त्री रामबहादुर थापा अहिले एमालेको तर्फबाट चुनावमा छन् । त्यस्तै नेपाल पक्षबाट पनि खिमलाल देवकोटाले उमेदवारी दिएका छन् । एमाले एक ढिक्का नहुँदा थापाकै जित्ने सम्भावना पनि लगभग सकिन्छ ।

यसरी हेर्दा ओली सरकार अब पतनको बाटोमा लागेको प्रष्ट हुन्छ । तर अन्तिम समय सम्म एमाले मिलाउन युवा नेताहरु लागि परिरहेका छ । नेपालले भने ओली सुध्रने पक्षमा नरहेको यस अघिनै बताई सकेका छन् ।

प्रतिक्रिया