प्रेममा विछोड हुनेहरुको मन चसक्क बनाउने सागर विरहीको लोक गीत एक चिम्टी सिन्दुर

काठमाण्डौ । नेपाली सांगीतक क्षेत्रमा करिव २ दशक विताएका लोकप्रिय गायक तथा सर्जक सागर विरहीको एकल आवाज रहेको लोक गीत एक चिम्टी सिन्दुर भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेममा विछोड हुने नेपालीहरुको कथालाई गीतले कलात्मक रुपले उठाएको छ । गीतमा आवाज,शब्द,संगीत तथा संगीत संयोजन समेत सागर आफ्नै रहेको छ । विरहीले पछिल्लो समय कुशल संगीत संयोजको  रुपमा पनि आफ्नो परिचय थप्दै गइरहेका छन ।

अडियो देखि अहिलेको डिजिटल युग सम्म आइपुग्दा सागरले आफ्ना दर्जनौं चर्चित गीत दर्शक स्रोताको लागि आवाज दिइसकेका छन । 

 

प्रतिक्रिया