• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रभु इन्स्योरेन्सको लाभांश खान शेयर किन्ने आज अन्तिम मौका

काठमाण्डौ – प्रभु इन्स्योरेन्सको आज बेलुकी देखि बूक क्लोज हुँदै छ । कम्पनीको यो वर्षको लाभांस खान चाहनेहरुले आज शेयर किन्ने  अन्तिम मौका रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख २६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख २३ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको २५ औँ वार्षिक साधारण सभा जेठ ६ गते बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा हुनेछ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया