• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

एनसेलको पनि आइपीओ आउने? यस्तो छ तयारी

काठमाण्डौ – नेपाल टेलिकमलाई कडा टक्कर दिइरहेको दूरसंचार कम्पनी एनसेलले पनि सर्वधरणाको लागि शेयर निस्कासन गर्ने प्रकिया अगाडि बढाएको छ ।

सरकारसँगको लाभ कर विवादका कारण २ वर्ष ढिला भएको भए पनि अहिले सबै विवाद समाधान भएसँगै यो प्रकिया अगाडि बहेको हो ।

१० करोड पूँजी रहेको यो कम्पनीले सम्पूर्ण विवाद अन्त्य भएसँगै कम्पनी ऐन २०६३ को दफा १२ ले रु.५ करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनपर्ने व्यवस्था गरेबमोजिम एनसेल पब्लिक लिमिटेड बनेको हो।

अहिले धितोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा नै १२ अर्ब भन्दा धेरै आयकर बुझाएको छ । आफ्ना ग्राहकलाई विभिन्न योजना सहित आक्रामक रुपमा बजार विस्तार गरिरहेको कम्पनीका १ करोड हाराहारीमा प्रयोगकर्ता रहेका छन् ।

प्रतिक्रिया