साताको पहिलो दिन नेप्सेमा ७९ अंकको गिरावट

काठमाडौं: साताको पहिलो दिन आइतबार नेप्सेमा ठूलो गिरावट आएको छ। अघिल्लो हप्ता सामान्य रहेको परिसूचक आइतबार घटेको हो। नेप्से घटे पनि बिहीबारको तुलनामा कारोबार रकम भने सामान्य छ।

यस दिन परिसूचक ७९ अंकले घटेर समग्र परिसूचक २८९४ विन्दुमा आएको छ भने ३३३ कम्पनीहरूको १९ अर्ब ८४ करोडभन्दा माथिको शेयर किनबेच भएको छ। नेप्सेमा ठूलो गिरावट आए पनि ४ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने २ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आज एपी पावरको सबैभन्दा धेरै कारोबार हुँदा नेप्सेका अन्य सूचकहरू पनि २ प्रतिशत हाराहारीमा घटेका छन्। उपसूचकमा माइक्रोफाइनान्सबाहेक सबै उपसूचक घटेका छन्। बीमा, बैंक, साथै लगानी उपसमूह सबैभन्दा धेरै घटेका छन्।

ठूला लगानीकर्ताहरूले नाफा बुक गर्दा अहिले बजार घटेको कयौंको अनुमान छ। ओली सरकार आएपछि परिसूचक २ हजार विन्दुबाट ३ हजार आसपास पुगेको थियो।

प्रतिक्रिया