काठमाण्डौ – नेपाली लगानीकर्तालाई कोरोना र निषेधाज्ञाले कुनै असर नगरेको देखिएको छ ।
सिईडिबिले भर्खर मात्र सार्वजनिक गरेको प्राथमिक शेयरमा कृतिमनी आवेदन परेसँगै यो पुष्टि भएको हो ।
मङ्गलबार अन्तिम दिनसम्म कम्पनीको शेयरमा १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।