नेप्से झिनो अंकले उकालो, ४ अर्ब माथिको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० झिनो अंकले उकालो लागेको छ। नेप्से २।९५ अंकले बढेर २६३३।८७ विन्दुमा पुगेको हो। नेप्से ०।११ प्रतिशतले बढ्दा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार भएको छ।

दिनभरको कारोबारमा ३१८ वटा कम्पनीको शेयर किनबेच भएको छ। तीमध्ये ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने त्यत्तिकै संख्याका कम्पनीहरूको शेयर मूल्य घटेको छ। १० वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। बजारमा ५३ हजार ९५७ पटक कारोबार भएको हो।


आज ३ वटा कम्पनीले सकारात्मक सर्किट लेभलमा कारोबार गरे भने कुथेली बुखारी साना जलविद्युतको शेयर नकारात्मक सर्किट लागेको छ।

१३ वटा उपसमूहहरूमध्ये ८ वटा समूहको परिसूचक बढेको छ भने ५ वटा समूह घटेको छ। सबैभन्दा धेरै उकालो लाग्नेमा ट्रेडिङ समूह रहेको छ, जसले ०।५९ प्रतिशतको वृद्धि गर्दै ४७८२।६३ विन्दुमा पुगेको छ।

त्यस्तै, वाणिज्य बैंक समूह ०।१७ प्रतिशत, फाइनान्स ०।८७ प्रतिशत, होटेल तथा पर्यटन ०।१८ प्रतिशत, हाइड्रोपावर ०।१४ प्रतिशत, लघुवित्त ०।५६ प्रतिशत र निर्जीवन बीमा ०।१९ प्रतिशतले उकालो लागेका छन्।

सबैभन्दा बढी घट्नेमा विकास बैंक समूह रहेको छ, जसको परिसूचक ०।६५ प्रतिशतले घटेर ५५३७।१७ विन्दुमा पुगेको छ। जीवन बीमा समूह ०।१५ प्रतिशतले घटेर १२,६८१।१० विन्दुमा झरेको छ।

त्यसैगरी, लगानी समूह ०।२१ प्रतिशतले, उत्पादन तथा प्रशोधन समूह ०।४४ प्रतिशतले र म्युचुअल फण्ड समूह ०।४८ प्रतिशतले घटेका छन्।

प्रतिक्रिया