मंगलबार पनि बजार हरियाली, कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजारमा मंगलबार पनि वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन परिसूचक ९.७६ अंकले बढ्दै २ हजार ७८०.१५ अंकमा पुगेर बन्द भएको हो । अघिल्लो दिन सोमबार पनि बजार दोहोरो अंकले बढेको थियो ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह बाहेक अन्य सबै समूह हरियालीमा रहे । यद्यपि परिसूचक उकालो लागेपनि कारोबार रकम भने केही घटेको छ । आज जम्मा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया