विष्णु खत्रीको सरकारलाई प्रश्न - मैले के गरेर खाम

काठमाडौं - सामाजिक विषयमा गीत सिर्जना गर्न माहिर लोकप्रिय गायक विष्णु खत्रीको नयाँ गीत सरकार के गरेर खाम भर्खर मात्र सार्वजनिक भएको छ । 

लाखौं शिक्षित बेरोजगारको कथा बोकेको सो गीतलाई खत्री आफैले लय तथा शब्द सिर्जना गरेका हुन् । गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । विष्णु खत्री र सजना बास्तोलाको आवाज रहेको गीतमा खत्रीले निकै मनमोहक शब्द कोरेका छन् । 

दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक खत्रीले समाजमा जातिय छुवाछुत व्याप्त हुँदा नयाँ जमाना बोलको प्रगतिशील गीत सार्वजनिक गरेका थिए । 

विनोद न्यौपाने र जुना सुन्दासको अभिनय रहेको गीतमा युवराज वाईबाको निर्देशन रहेको छ । 

 

प्रतिक्रिया