लगानीकर्ताको उत्साह: २७०० को विन्दु नजिक पुग्यो नेप्से

काठमाण्डौं – सोमबार शेयर बजारमा सुधार आएको छ। लामो समयसम्म गिरावट भएर २७०० विन्दु नाघेको बजार पुन: १६०० विन्दुसम्म झरेको थियो। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले वृद्धि भएको छ। नेप्से १.३९ प्रतिशतले उकालो लागेर २६९०.७२ विन्दुमा पुगेको छ।

आजको कारोबारमा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ। १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ। २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

प्रि–ओपन सेसनमा ३ अंकले बढेर खुलेको शेयर बजारले कारोबार सुरु भएदेखि नै निरन्तर वृद्धि देखाएको थियो। बजार बढेर तीन पटकसम्म २७०० को विन्दु नाघेको थियो तर अन्तिम अवस्थामा बन्द हुँदा नेप्से बढेर २६९० विन्दुमा टुंगियो। आज बजारमा एक पटक पनि गिरावट आएको थिएन।

आजका कारोबारमा २ वटा बाहेक सबै समूहमा हरियाली देखिएको छ। फाइनान्स समूह ०.७१ प्रतिशतले घटेर ३ हजार ३३१ विन्दुमा र उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले घटेर ७ हजार १५४ विन्दुमा पुगेको छ।

सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ३.५० प्रतिशतले वृद्धि भएर ६ हजार ७४९ विन्दुमा पुगेको छ। सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३४ प्रतिशतले वृद्धि भएर २०.७० विन्दुमा पुगेको छ।

त्यस्तै, वाणिज्य बैंक समूह १.९० प्रतिशत, विकास बैंक १.१९ प्रतिशत, हाइड्रोपावर १.०५ प्रतिशत, लगानी समूह १.४६ प्रतिशत, जिवन बीमा १.११ प्रतिशत, लघुवित्त १.५१ प्रतिशत, निर्जीवन बीमा ०.८८ प्रतिशत, अन्य समूह २.६१ प्रतिशत, र ट्रेडिङ समूह १.४६ प्रतिशतले वृद्धि देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय