रूरू जलविद्युतको शेयर बाँडफाँड,१६ लाख लगानीकर्ताको हात खाली,यसरी हेर्नुहोस नतिजा

काठमाण्डौ – प्रीमियम शेयर निस्कासन गरेको रु रु जलविद्युतको शेयर आज बाँडफाँड भएको छ ।

शेयर बाँडफाँड बाट कुल आवेदकमा ३७ हजार ९१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी रहेको ७ कित्ता २० कित्ताभन्दा माथि आवेदन दिनेहरुमध्ये ७ जनाले थप १/१ कित्ता पाएका छन्।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार कम्पनीको शेयरमा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो ।

यो कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यो भनेको जोखिम महन गर्न सक्ने औषत रहेको जनाउँछ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

कम्पनी शेयर बाँडफाँड भएको २ घन्टा पछि iporesultcdsc.com.np मा हेर्न सकिने छ ।

प्रतिक्रिया