• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

फेरि अर्को ठूलो आईपीओ आउँदै,कहीले होला निष्कासन

काठमाण्डौ – पछिल्लो समय नेपाली नयाँ लगानीकर्ताहरुको लागि प्राथमिक शेयर निकै चासोको विषय बन्ने गरेको छ ।

हितग्राहि खाता खोल्ने ३२ लाख भन्दा धेरै भएसँगै शेयर आवेदनको पनि किर्तिमान कायम भइरहेको छ । पछिल्लो एउटा कम्पनीको शेयरको लागि १६ लाख भन्दा धेरैले आवेदन दिएका थिए । यसले प्राथमिक शेयरको निकै माग रहेको देखाएको छ ।

यसै विच नेपाल धितोपत्र बोर्डले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासनको लागि बिहीबार अनुमती दिएको छ । अनुमती पाउने कम्पनी सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ ।

यो कम्पनीको विक्री प्रबन्धमा सनराईज क्यापिटल रहेको छ भने कुल पुजीको ३० प्रतिशत बराबरको शेयर निष्कासन गर्न लागिएको हो ।

बोर्डको अनुमति संगै शेयर निष्काशनको बाटो खुलेको छ । अब प्रकृया अगाडि बढाएर यही महिनाको अन्तिम सम्म शेयर निष्कासन गर्ने तयारीमा कम्पनी रहेको छ ।

प्रतिक्रिया